एकीकृत समाजवादीका सांसद अनुपस्थित भएपछि बागमतीमा बैठक सर्यो

लोकपथ
280
Shares

काठमाडौं । बागमती प्रदेश सभाको बैठक अपरान्ह ४ बजेसम्मका लागि सरेको छ ।


आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको थियो । तर सत्तारुढ दल एकीकृत समाजवादी नै उपस्थित नभएपछि बैठक ४ बजेसम्मका लागि सारिएको हो ।


विभिन्न मागहरु राखेर एकीकृत समाजवादी छलफलमा रहेको छ । एकीकृत समाजवादीले यथास्थितीमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन नसकिने अडान राखेपछि बैठक अनिश्चित बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?