जम्कट्टेललाई विश्वासको मत दिन अनिवार्य उपस्थित हुन एमालेको निर्देशन

लोकपथ
126
Shares

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले चैत १९ गते १ बजे बस्ने प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएका छन् ।

सोमबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेकाले बैठकमा अनिवार्य उपस्थित हुन नेता थपलियाले निर्देशन दिएका हुन् ।

नेता थपलियाले बैठकमा अनिवार्य उपस्थिति भएर मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् ।

बदलिएको सत्ता समीकरणमा एमाले साझेदार दल भएकाले आफ्ना सांसदलाई मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन जारी गरेका हुन् ।

सत्ता समीकरण अनुसार शनिबार मात्र एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको थियो । एमालेबाट नेता थपलिया प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?