अरविन्द केजरीवाललाई थप १५ दिन थुनामा राख्न अदालतको आदेश

लोकपथ
0
Shares

काठमाडौं । भारतका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप १५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । मुख्यमन्त्री केजरीवाललाई मार्च २१ मा ईडीले गिरफ्तार गरेको थियो र पहिलो पटक उनलाई ईडी हिरासतमा मार्च २८ सम्मको लागि राखिएको थियो । अहिले भने अदालतले केजरीवाललाई १५ दिनको लागि न्यायिक थुनामा पठाएको हो । उनलाई तिहाड जेल राखिने भएको छ ।

केन्द्रिय एजेन्सीले मुख्यमन्त्रीलाई १५ दिनको लागि न्यायिक थुनामा राख्न माग गरेको थियो । राउज एभिन्यू अदालातले सो मागलाई स्वीकृत गरेको छ ।

अदालतको पेशीमा जाने क्रममा केजरीवालले भने ‘प्रधानमन्त्रीले जे गरिरहनु भएको छ, ठीक गरिरहनु भएको छैन ।’

अरविन्द केजरीवाललाई लिएर तिहाड जेलमा तयारी सुरु भइरहेको छ । यहि विषयलाई लिएर आज पनि उच्चस्तरीय बैठक बसेको थियो । उनलाई कुन र कति नम्बरको जेलमा राख्ने भन्ने बारेमा छलफल भइरहेको छ । तिहाड जेलमा जम्मा ९ ओटा जेल रहेको छ । जसमा १२ हजार कैदी रहेका छन् । साथै बैठकमा उनको सुरक्षा व्यवस्थाको बारेमा पनि छलफल भएको थियो ।

यता केन्द्रिय एजेन्सीले भने केजरीवालले अनुसन्धानमा सहयोग नगरेको बताएका छन् । उनको अस्पष्ट जवाफ र आफ्नो आईफोनको पासवर्ड पनि नदिएको कारण अनुसन्धान थप अगाडी नबढेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?