नेता केसीको प्रश्न : ‘प्रहरीको बढुवामा आफ्ना मान्छे खोज्ने सरकारले सुशासनको कुरा गरेर सुहाउँछ’

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रहरीको बढुवामा हुने विभेदपूर्ण व्यवहार हटाउन माग गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता केसीले केही दिन अघि डिएसपीको बढुवामा भएको चलखेलका विषयमा प्रश्न उठाएका हुन् ।

केही दिन अघि नेपाल प्रहरीका १२ जना डिएसपीबाट ८ जना एसपीको बढुवा हुँदा वरिष्ठ १ र ६ लाई पाखा लगाएको भन्दै त्यसले सरकारले सुशासनको नारा र काम गराइमा तादम्यता नमिलेको भन्दै कटाक्ष गरे ।

‘हालै नेपाल प्रहरीका १२ जना डीएसपीबाट आठजना एसपीको बढुवा हुँदा वरिष्ठ १ र ६ लाई पाखा पार्दै सत्ता गठबन्धन सिन्डिकेटको नियोजित अन्यायबाट सरकारको सुशासनको रटानको धज्जी उडेको छ भने भनाइ र गराई को यो विषमताले ।’ नेता केसीले भने ।

त्यस्तै राज्यका विधि पालना र दण्ड व्यवस्थापनमा करुणा वा क्षमाको बहानामा दण्डनीय कसुरलाई उन्मुक्ति दिने, करुणाको आधारमा चोक्खिने र चोक्ख्याइने प्रवृत्तिले हालको भ्रष्टाचारको दुष्चक्रबाट नेपाललाई बाहिर निकाल्न नसकिने समेत बताए ।

‘राज्यका विधि पालना र दण्ड व्यवस्थापनमा करुणा वा क्षमाको बहानामा दण्डनीय कसुरलाई उन्मुक्ति दिने, व्याप्त भ्रष्टाचार ,जगन्य अपराध र विधिहिनतालाई करुणाको जामामा चोक्खिने र चोख्याउदै जाने र हालैको गतिविधिले भ्रष्टाचारको दुश्चक्रबाट उन्मुक्ति र सुशासनको नारा केवल झुट को पुलिन्दा हुँदैछ।’ उनले भने ।

त्यस्तै राज्यलाई ठूलो नोक्सानी भएको एनसेल र सुनकाण्डको प्रतिवेदन तत्काल सार्वजनिक गर्न समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?