प्रस्तावित महालेखापरीक्षक रायविरुद्ध उजुरी आह्वान

लोकपथ
35
Shares

काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायको सुनुवाइ प्रक्रिया अघि बढेको छ । सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले रायाविरुद्ध उजुरी दिन आह्वान गर्दै दश दिनको समय तोकेको छ ।

संसदका महासचिव पद्यप्रसाद पाण्डेयले सोमबार नयाँ बानेश्वरमा बसेको सुनुवाइ समिति बैठकले रायविरुद्ध उजुरी दिन दश दिने सूचना जारी गर्ने निर्णय गरेको जानकारी दिए ।

आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायलाई सिफारिस गरेको थियो । पूर्वअर्थसचिव समेत रहेका राय हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी हुन् ।

६ वर्षको पदावधि रहने महालेखा परीक्षकका लागि संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिले महालेखापरीक्षक नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?