‘जब वी मेट २’ र ‘लभ आजकल ३’ बनाउने प्रश्नमा इम्तियाज अलीले दिए जवाफ

लोकपथ
112
Shares

काठमाडौं । इम्तियाज अलीलाई बलिउड फिल्म उद्योगका उत्कृष्ट निर्देशकहरूमा गनिन्छ। उनले ‘हाइवे’, ‘लभ आज कल’, ‘जब वी मेट’, तमाशा र ‘रकस्टार’ जस्ता चलचित्रबाट दर्शकको मनमा विशेष स्थान बनाएका छन् । अमर सिंह चमकिलामा आधारित उनको फिल्म छिट्टै रिलिज हुँदैछ । यस फिल्ममा दिलजीत दोसांझ र परिणिती चोपडा मुख्य भूमिकामा देखिनेछन् ।

निर्देशक अलीले आफ्नो सुपरहिट चलचित्र जब वी मेट २ र लभ आज कल ३ को बारेमा खुलासा गरेका छन् । हालैको कुराकानीमा निर्देशकलाई उनका सुपरहिट फिल्मको सिक्वेल र ट्रिक्वलको बारेमा सोध्दा उनले यसबारे खुलेरै आफ्नो धारणा राखेका छन् ।

करीना कपूर खान र शाहिद कपूर अभिनित जब वी मेटु र सैफ अली खान र दीपिका पादुकोण अभिनित आज कलु को धेरै प्रशंसक छन्। जब उनलाई यी फिल्महरूको अर्को भागको बारेमा प्रश्न सोधिएको थियो । प्रश्नको घुमाउरो उत्तर दिँदै इम्तियाजले भने फिल्महरूको अर्को भाग बनाउने बारेमा सोचिरहेका छौं हेरौँ के हुन्छ भनेका छन् ।

इम्तियाजका अनुसार उनीसँग तीनवटा स्क्रिप्ट छन् जसमा उनी काम गर्न चाहन्छन् । चमकिलालाई सीधै ओटीटीमा रिलिज गर्ने प्रश्नको जवाफ दिँदै इम्तियाजले नयाँ कुराहरू प्रयास गर्नुपर्ने बताए। तर, चलचित्रकर्मी र चलचित्रप्रेमी भएकाले आफूले सधैं ठूलो पर्दाका लागि चलचित्र बनाउने गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?