शाहरुखलाई मात्रै लिएर फिल्म बनाउने निर्देशक फराहको उद्घोष

लोकपथ
392
Shares

काठमाडौं । बलिउड निर्देशक फराह खानले आफ्नो उत्कृष्ट करियरमा चारवटा फिल्म निर्देशन गरिसकेकी छिन् । उनले बनाएका तीनवटा फिल्ममा शाहरुख खान मुख्य भूमिकामा थिए । उनले सन् २००४ मा शाहरुख खान अभिनित फिल्म ‘मै हु ना’ बाट निर्देशनको दुनियाँमा प्रवेश गरेकी थिइन्, जुन सुपरहिट साबित भएको थियो। फराहले शाहरुखसँग फेरि काम गर्ने अवसरको पर्खाइमा रहेको बताएकी छिन् ।

उनले किंग खानलाई आफ्नो लागि लक्की भनेकी छिन् । उनले शाहरुखको उपस्थितिका कारण ‘मै हुँ ना’ ले बक्स अफिसमा सफलता पाएको बताइन् ।

‘मै हुँ ना’ को सम्झना गर्दै उनले शाहरुख खानको सहभागिताले फिल्म हिट भएको बताइन् । फराहले भनिन्, ‘फिल्म बनाउँदा मलाई शतप्रतिशत लाग्यो कि यो फिल्म चल्छ किनभने यसमा शाहरुखको अभिनय छ । मलाई अझै लाग्छ कि यदि मैले फिल्म बनाउछु भने म शाहरुखसँग बनाउँछु, यो 1000% ढुक्क छ। केही समय कुर्नुपर्ने भए पनि ।’

शाहरुख खानसँगको आफ्नो सम्बन्धको बारेमा कुरा गर्दै फराहले भनिन् ‘मै हूं ना’ बाहेक ‘ओम शान्ति ओम’, ‘तीस मार खान’ र ‘ह्याप्पी न्यू इयर’ पनि निर्देशन गरिसकेकी छिन् । त्यही समयमा अक्षय कुमार ‘तीस मार खान’ मा महत्वपूर्ण भूमिकामा थिए । ४५ करोडको बजेटमा बनेको यो फिल्मले १०१.८९ करोड कमाएको थियो ।

योसँगै फराहका अन्य फिल्म पनि निकै सफल भए । ‘ह्याप्पी न्यू इयर’ ले ३९४ करोड कमाएको थियो । ‘ओम शान्ति ओम’ ले 150 करोड कमाएको थियो र ‘मै हुँ ना’ 2004 को दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म साबित भयो।

‘मै हूं ना’ मा शाहरुख खान, सुस्मिता सेन, सुनील शेट्टी, अमृता राव र जायद खान जस्ता कलाकार थिए । फिल्मले दर्शकको अथाह माया पाएको थियो र बक्स अफिसमा हिट साबित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?