काठमाडौं । रुसी सेनामा कार्यरत नेपाली नागरिकहरुको जीवन रक्षाको माग गर्दै सिंहदरबारअघि प्रदर्शन भएको छ ।
सोमबार बिहान सिंहदरबार परिसरमा प्रदर्शनका लागि पुगेका व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुसी सेनामा नेपाली नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीसहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रदर्शनकारीहरुले रुसी सेनामा गएकाहरुको घरफिर्ती, सम्पर्कविहिन भएकाहरुको खोेजी कार्य र मृत्यु भएकाहरुको शव फिर्ताको मागसहित प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया