ग्वादरको आक्रमणमा दुई पाकिस्तानी सैनिकको मृत्यु, चारजना घाइते

लोकपथ
130
Shares

काठमाडौं । बलुचिस्तानको ग्वादरमा भएको आक्रमणमा दुई पाकिस्तानी सेनाको मृत्यु भएको छ । एक अज्ञात बन्दुकधारीले पाकिस्तानी सेनाका सैनिकहरूमाथि अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको ज्यान गएको हो।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी सेनाको बम डिस्पोजल टोलीले ग्वादर जिल्लाको अंकारा बाँध क्षेत्रमा ल्यान्डमाइनहरू जाँच गरिरहेको बेला एक अज्ञात बन्दुकधारीले सैनिकहरूमाथि गोली चलाएको थियो।

आक्रमणमा दुई पाकिस्तानी सैनिकको मृत्यु हुनुका साथै चारजना घाइते भएका छन् । घटनापछि पाकिस्तानी सेनाले क्षेत्रलाई घेरा हालेर खोजी अभियान सुरु गरेको छ ।

हालसम्म कुनै पनि संगठनले यस आक्रमणको जिम्मेवारी लिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?