दिल्लीविरुद्ध पुरानो लयमा देखिए धोनी, ४२ वर्षको उमेरमा बनाए अर्को कीर्तिमान

लोकपथ
3.6k
Shares

काठमाडौं । आफ्नो कप्तानीमा भारतलाई २००७ टीट्वान्टी विश्वकप र २०११ ओडीआइ विश्वकपको उपाधि जिताउने महेन्द्र सिंह धोनी आइतबार विशाखापट्टनममा दिल्ली क्यापिटल्सविरुद्ध खेलिएको आईपीएल खेलमा आफ्नो पुरानो फर्ममा देखिए।

चेन्नई सुपर किंग्सको लागि खेल्दा लामो कपालले धोनीको पुरानो झलक देखिएको थियो। धोनीले आफ्नो टोलीलाई जित दिलाउन नसके पनि केही शानदार शटहरू प्रहार गर्दै फ्यानहरूलाई पुरानो दिनको स्मरण गराएका थिए। दिल्ली क्यापिटल्सले उक्त खेल २० रनले जित्दै यो सिजनको पहिलो जित दर्ता गरेको छ । योसँगै दुई खेलमा जित हात पारेको चेन्नई सुपर किंग्सले पहिलो पराजयको स्वाद चाख्नुपरेको छ ।

हिजो भएको खेलमा दिल्लीले डेभिड वार्नर र ऋषभ पन्तको अर्धशतकको मद्दतले २० ओभरमा पाँच विकेट गुमाएर १९१ रन बनाएको थियो। जवाफमा चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन मात्रै बनाउन सकेको थियो ।

धोनी यस सिजनमा पहिलो पटक ब्याटिङ गर्न आए र उनले सोचे अनुसार प्रदर्शन गरे । आठौं नम्बरमा आएका धोनीले १६ बलको सामना गर्दै ३७ रनको आँधीबेहरी पारी खेले। धोनीले चार चौका र तीन छक्का प्रहार गरे । यस अवधिमा धोनीले रविन्द्र जडेजासँग ५१ रनको साझेदारी गरे तर त्यो सीएसकेलाई जित दिलाउन पर्याप्त भने भएन।

टी–२० मा सबैभन्दा धेरै रन बनाउने तेस्रो विकेटकिपर ब्याट्सम्यान

टी९२० मा सबैभन्दा धेरै रन बनाउने तेस्रो विकेटकिपर ब्याट्सम्यान बनेका धोनीले सन् २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए तर आईपीएलमा उनी जहिले पनि मैदानमा आउँछन्, विपक्षी टोलीलाई आफ्नो क्षमताको अनुभव गराउँछन् ।

दिल्ली क्यापिटल्समा पनि यस्तै देखियो । यो अवधिमा धोनीले फेरि केही कीर्तिमान आफ्नो नाममा बनाए । धोनी टी–२० मा सर्वाधिक रन बनाउने तेस्रो विकेटकिपर ब्याट्सम्यान बनेका छन् । उनले पाकिस्तानका मोहम्मद रिजवानलाई पछाडि छोडेका छन् जसको नाममा ६९६२ रन छ। आफ्नो तूफानी इनिङ्सका कारण धोनीले आफ्नो टी-२० करियरमा ७०३६ रन बनाएका छन् ।

आफ्नो कप्तानीमा चेन्नई सुपर किंग्सलाई पाँच उपाधि

धोनीले आफ्नो कप्तानीमा चेन्नई सुपर किंग्सको लागि पाँच उपाधि जितेका छन् । धोनीको नेतृत्वमा चेन्नई सुपर किंग्सले गत वर्ष गुजरात टाइटन्सलाई हराउँदै आईपीएलको उपाधि जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?