आर्सनल र सिटीले अंक बाँडे

लोकपथ
77
Shares


काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले पुनः शीर्ष स्थानमा उक्लने अवसर भने गुमाएको छ । आर्सनलले म्यानचेस्टर सिटीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि शीर्ष स्थानमा फर्किने मौका गुमाएको हो ।

आइतबार राति घरेलु मैदान इथियाद स्टेडियममा खेलमा कुनै पनि टोलीले गोल गर्न नसक्दा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवै टोलीले पाएका अवसरमा गोल गर्न सकेनन् ।

आर्सनलले २९ खेलबाट २० खेलमा जित, ७ खेल बराबरी र तीन खेलमा पराजयसँगै ६५ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ । सिटी समान खेलबाट ६४ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

आइतबार नै भएको अर्को खेलमा लिभरपुलले ब्राइटनलाई २–१ गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको थियो । लिभरपुलले २९ खेलमा २० मा जित, ७ बराबरी र दुई खेलमा पराजय ब्यहोर्दै ६७ अंकका साथ शीर्ष स्थानमा उक्लेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?