काठमाडौंं । अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेटको मस्यौदा लेखन सुुरु गरेको छ ।
मन्त्रालयले बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेकका भेटघाटका लागि नआइदिनका लागि आग्रह गरेको छ ।
शुक्रबार अर्थमन्त्री वर्षमान पुुनले मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा बजेट मस्यौदा लेखन समिति बनाएका छन् । अन्य सदस्यहरुमा रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा रहेका छन् ।
मन्त्रीसहित सबै कर्मचारीहरु बजेट निर्माणमा केन्द्रीत हुनुपर्ने भएकाले अत्यावश्यक बाहेकका भेटघाटमा समेत रोक लगाएको मन्त्रालयले जनाएको छ ।
समितिले शनिबारबाटै बजेट लेखनको काम भने सुरु भइसकेको छ ।
हरेक वर्ष जेठ १५ गते अर्थमन्त्रीले संघीय संसदमा बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान रहेको छ ।
त्यसका लागि संघीय संसदका दुवै सदनमा बजेटका शिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहेको छ । गत फागुन १४ गते तत्कालिन अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका शिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया