कर्णालीका मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिँदै

लोकपथ
182
Shares

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पुनः विश्वासको मत लिने भएका छन् ।

केन्द्रमा आएको सत्ता समीकरणको फेरबदलपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिन लागेका हुन् ।

केन्द्रमा माओवादीले कांग्रेससँग साथ छाडेपछि त्यसको असर कर्णालीमा पनि परेको हो । जसकारण गत फागुन २२ गते नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । कुनै दलले समर्थन फिर्ता लिएको एक महिनामा पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् ।

यसअघि नै ३ पटक उनले विश्वासको मत लिइसकेका छन् । यो उनको चौथो पटक विश्वासको मत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?