त्रिकोणात्मक टी-२० सिरिज : करण र गुलशनको उत्कृष्ट बलिङसँगै गुजरात ९८ रनमै अल आउट

लोकपथ
329
Shares

काठमाडौं। त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा गुजरातले नेपाललाई ९९ रनको सामान्य लक्ष्य दिएको छ ।

साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमा ९८ रनमा अल आउट भएको हो ।

तीव्र गतिका बलर गुलशन झा र करण केसीको उत्कृष्ट बलिङमा गुजरात ९८ रनमै अल आउट भएको हो ।

खेलमा नेपालका गुलशन झाले ४ विकेट, करण केसीले ३ विकेट सोमपाल कामीले १ विकेट लिएका हुन् ।

यस्तै गुजरातका ओपनर रुद्र मयुर पटेल २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रनमा आउट भए । आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भए । सराल प्रजापति १७ रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?