हर्क साम्पाङले भेटे गृहमन्त्री लामिछाने, के–के भयो कुराकानी ?

लोकपथ
126
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटघाट भएको छ ।
काठमाडौं आएका मेयर साम्पाङले मन्त्रालयमा नै पुगेर मेयर साम्पाङलाई भेटेका हुन् ।

सो क्रममा गृहमन्त्री लामिछाने र मेयर साम्पाङबीच विभिन्न विषयमा छलफल समेत भएको थियो ।

भेटमा मेयर साम्पाङले लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि राज्यले उचित ध्यान दिनुपर्नेमा जोड दिएका थिए । आफूले निर्वाचित भएर आएपछि नै त्यसको निर्मूलका लागि हरेक शुुक्रबार लागूऔषध उम्मुलनको पहलका लागि ‘शुुक्रबार सुधारबार’ को अभियान चलाइरहेको बताए ।

भेटमा सो कदमप्रति मेयर साम्पाङको कामको प्रशंसा गर्दै गृहमन्त्री लामिछानेले आगामी दिनमा तीनै तहको सरकार मिलेर त्यसको उन्मुलनका लागि लाग्नुपर्नेमा जोड दिएका थिए ।

लागूऔषधको दुव्र्यसनकै कारण विभिन्न घटनाहरु घटने गरेको बताउँदै लागूूऔषध नियन्त्रणका लागि एक पक्षले मात्र काम गरेर नहुने भन्दै सबैले हातेमालो गर्नेपर्नेमा जोड दिए ।

विभिन्न औषधी मिसाएर खाने र त्यसको नसामा बस्ने त्यसलाई मुद्दा चलाउन नमिल्ने । त्यो औषधीको रुपमा मात्रै पर्ने तर त्यसलाई नार्कोटिक्स भन्न नमिल्ने भएकाले कानुनी रुपबाटै त्यसको समाधान खोज्नपर्ने बताए । गृहमन्त्री लामिछानेले पनि कार्यविधि नै परिवर्तन गरेर भए पनि त्यसलाई निर्मुल पार्नका पहल गर्ने बताए ।

त्यस्तै मेयर साम्पाङले इलाका प्रहरी कार्यालय धरान र जिल्ला ट्राफिक कार्यालयको भवन निर्माणका लागि सहयोग मागेका छन् । धरानमा सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत–साधन उपलब्ध गराउन पनि उनले गृहमन्त्रीसँग माग राखे ।

पछिल्ला दिनहरुमा मेयर साम्पाङले रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति सामाजिक सञ्जालबाट ब्यंग्य गर्दै आइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?