एकअर्कासँग टाढिँदै प्रियंका र परिणीति

लोकपथ
169
Shares

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला भारतमा छिन् । अमेरिकाबाट भारत आउनासाथ उनी चर्चामा छिन् ।
उनी भारत आएपछि होली पाटीमा उपस्थितिदेखि अयोध्यामा राम ललाको दर्शन गर्ने कामसम्म पुरा गरिसकेकी छन् ।
हालैमात्र उनी आफन्त मन्नारा चोपडाको जन्मदिन पाटीमा पुगेकी थिइन् । प्रियंकाले मन्नाराको परिवारसँग भेटिरहँदा त्यहाँ परिणीति चोपडालाई भने उनले भेटिनन् ।

परिणीतिलाई नै प्रियंकाले नभेटेपछि उनीहरुबीच सम्बन्ध बिग्रिएको चर्चा चुलिएको छ । उनीहरु निकटवर्तीका अनुसार प्रियंका र परिणीति एकअर्कासँग टाढिदै गएका छन् ।

परिणीति र प्रियंका एकै सहरमा भए पनि उनीहरुले एकापसमा भेटघाट गरेका छैनन् । परिणीति प्रियंकासँग दुःखी छिन् ।
किनकी परिणीतिका विवाहमा प्रियंका नपुगेपछि प्रियंकासँग उनी दुःखी भएकी हुन् । यद्यपि प्रियंकाले परिणीतिको इन्गेजमेन्टमा भने उपस्थिति जनाएकी थिइन् ।

मन्नारा प्रियंकासँग नजिक छिन् । उनी प्रियंकालाई आफ्नो प्रेरणा मान्छिन् । मन्नाराले आफ्नो जन्मदिनमा प्रियंका र निक जोनासलाई निम्तो दिएकी थिइन् । तर उनले परिणीतिलाई भने बोलाइनन् । प्रियंकाको उपस्थिति हुने भएपछि मन्नाराले परिणीतिलाई निम्तो नदिएको निकट स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?