काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालमा भारतीय ट्रकहरुको दबदबा बढेको भन्दै सरकारको ध्याानाकर्षण गराएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले नेपाली ट्रकहरु भारत जान नपाउने तर भारतीय ट्रकहरु नेपालमा निर्वाद रुपमा आउने गरेको भन्दै आक्रोश व्यक्त गरे ।
‘नेपाली ट्रकहरु भारत जान पाउँदैनन् तर भारतीय ट्रकहरु नेपालमा आइरहेका छन्’ सांसद पन्तले भने ।
त्यसैगरी भारतीय ट्रकले नेपालमा प्रवेश गर्दा कुनै कर नतिर्ने तर नेपाली ट्रकहरु भारत प्रवेश गर्दा कर तिर्नुपर्ने द् वैध अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गरााएका छन् ।
नेपालका ट्रकहरुको बोक्ने क्षमता कम रहेको तर भारतीय ट्रकहरुको क्षमता बढी भएको हुँदा नेपालका सडकदेखि पुलसम्म खतरामा पर्ने गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया