‘कि कर्णाली नेपालमा पर्दैन भन्नुपर्यो, होइन भने अधिकार दिनुपर्यो’

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले कर्णालीको विकासका लागि सरकारले वास्ता नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।


आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले आगामी आर्थिक वर्षमा कर्णाली राजमार्ग निर्माणका लागि सरकारले बजेटमार्फत् समेट्नुपर्नेमा जोड दिए ।

‘अबको आर्थिक वर्षमा पनि कर्णाली राजमार्ग सुधार बन्दैन, यदी बाटो राम्रो बन्दैन यदी रारा जाने बाटो पिच हुँदैन भने हामी यही संसदमा उभिएर माग राख्छौँ, भन्न सक्नुपर्छ सरकारले कि त कर्णाली नेपालभित्र पर्दैन, यदी पर्छ भने हामीलाई समानताको अधिकार चाहिन्छ ।’ उनले भने ।

त्यस्तै कर्णालीका सडकमा प्रधानमन्त्रीदेखि अर्थमन्त्री गएर हिँडेमा त्यहाँको दुरावस्था देखिने बताए । साथै आगामी आर्थिक वर्षको बजेटमा कर्णाली राजमार्ग स्तरोन्नती नभएमा सडकदेखि सदनसम्म आन्दोलन हुने चेतावनी दिए ।

‘यो वर्षको बजेटमा कर्णाली राजमार्गको स्तरोन्नती नभएमा सडकमा पनि आन्दोलन हुन्छ सडकमा पनि आन्दोलन हुन्छ ।’ उनले भने ।

त्यस्तै विवादित कर्मचारीदेखि न्यायालयका व्यक्तिहरुलाई कर्णाली सरुवा गर्ने प्रवृत्तिको अन्त्य गर्न समेत माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?