काठमाडौंं । केही वर्षअघि नेपाल र लोडसेडिङ पर्यायवाची जस्तै थियो । नेपाल विद्युत प्राधिकरणले सेड् युल नै बनाएर तालिका सार्वजनिक गर्ने गरेको थियो ।
अहिले लोडसेडिङ केही हल भएको छ । तर जनताको जनप्रतिनिधिमुलक थलो संसदमै लोडसेडिङ भएर सांसदहरु हैरानीमा परेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठक चलिरहेका बेला संसदमा लोडसेडिङ भएको हो ।
आजको बैठकमा नेकपा एमालेका सांसद एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले बोल्दै गर्दा पटकपटक बत्ती
गएको थियो । केहीबेर बत्ती गएपछि सांसदहरु नै अलमलमा परेका थिए ।
अहिले संसद बैठक जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया