पाकिस्तानमा रेड कार्पेट प्रयोगमा प्रतिबन्ध

लोकपथ
143
Shares

काठमाडौं । पाकिस्तानको आर्थिक संकट कसैबाट लुकेको छैन। सोही खराब आर्थिकस्थितका बीच पाकिस्तानले सरकारी कार्यक्रममा प्रयोग हुने रेड कार्पेटमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रधानमन्त्री शाहबाज शरीफले देशमा अनावश्यक खर्च कटौती गर्न यो कदम उठाएको बताएका छन्। यसअन्तर्गत सरकारी कार्यक्रममा रातो कार्पेटको प्रयोगमा प्रतिबन्ध लगाइएको छ भने कूटनीतिक स्वागतका लागि मात्रै राखिएने भएको छ ।

प्रधानमन्त्री सरिफले एक सूचना जारी गर्दै संघीय मन्त्री र सरकारी कार्यक्रममा उच्च अधिकारीको भ्रमणमा रातो कार्पेट प्रयोग गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

साथै मन्त्रिपरिषद् महाशाखाले जारी गरेको सूचनामा प्रधानमन्त्रीले आगामी दिनमा संघीय मन्त्री तथा सरकारी पदाधिकारीका लागि रातो कार्पेट प्रयोग नगर्न निर्देशन दिएको छ । एक रिपोर्टका अनुसार यसलाई विदेशी कूटनीतिज्ञहरूको प्रोटोकलको रूपमा मात्र प्रयोग गर्न सकिन्छ।

रातो कार्पेटको प्रयोगमा प्रतिबन्ध लगाउनुको सरकारको उद्देश्य पैसा बचत गर्ने र सार्वजनिक वित्तमा थप जिम्मेवार र विवेकपूर्ण दृष्टिकोणलाई प्रवर्द्धन गर्ने भनिएको छ।

गत हप्ता, प्रधानमन्त्री शरीफ र मन्त्रिपरिषद्का सदस्यहरूले कोष जुटाउने सरकारको प्रयासको एक भागको रूपमा स्वेच्छिक रूपमा आफ्नो तलब र भत्ताहरू त्याग्ने निर्णय गरेका थिए। गत महिना प्रधानमन्त्रीले अनावश्यक खर्च रोक्ने आफ्नो प्राथमिकता रहेको बताएका थिए ।

यसअघि पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले देशले सामना गरिरहेको आर्थिक चुनौतीलाई ध्यानमा राख्दै तलब भत्ता नलिने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?