काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मेडिकल कजेलले सम्बन्धन प्राप्त गरेकोप्रति खुसी व्यक्त गरेका छन् ।
भारतबाट फर्किएका प्रसाईंले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै १३ वर्षपछि सम्बन्धन प्राप्त गरेपछि देशमा न्याय नमरेको आभाष भएको भन्दै न्यायालयलाई धन्यवाद व्यक्त गरे ।
‘हामीलाई मेडिकल कलेज खोल्न आशय पत्र दिइयो तर १३ वर्षसम्म सम्बन्धन नदिएर रुवाएर, तड्पाएर राखेका थिए । अदालतबाट सम्बन्धन दिने आदेश भएको छ । देशमा नय मरेको छैन भन्ने प्रमाणित भयो । न्यायपालिकालाई धन्यवाद ।’ प्रसाईंले भने ।
त्यस्तै आफूले बैंकबाट लिएको सबै ऋणको पैसा तिर्ने समेत प्रतिवद्धता व्यक्त गरे । साथै आफ्नो लडाइँ झन आक्रामक रुपमा जाने बताए ।
‘म बैंकको पैसा तिर्छु । अब लडाइँ झन् एग्रेसिभली जान्छ । अब मसित पैसा पनि हुन्छ, लडाइँ पनि गर्छु । क्लियर कुरा यही हो,’ उनले भने ।
पछिल्लो समय दुर्गा प्रसाईंको नाममा दर्ता भएको हतियारको विषयमा सरकारले छानबिन थालेको छ । गत चैत ५ गते प्रसाईंका बढीगार्ड हतियारसहित सर्वोच्च परिसरबाट पक्राउ परेका थिए । सो विषयमा आवाज उठेपछि गृह मन्त्रालयले समिति नै बनाएर छानबिन थालेको हो ।
सोही विषयमा बोल्दै प्रसाईंले आफूले इजाजत लिएरै हतियार बोकेको र उक्त हतियार देशको जहाँ पनि बोक्न मिल्ने गरी लिएको बताए ।
झापा जिप्रकाले सिफारिस गरेर गृह मन्त्रालयको सुरक्षा समितिको बैठक बसेर, गृह मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरेर वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई हतियार मगाइदिनु भनेर चिठी लेखेको थियो । त्यही हतियार हो । लाइसेन्समा नै देशभरि जहाँ पनि लिएर जान पाइने र अवस्था हेरेर प्रयोग गर्न पाइने भनेर लेखिएको छ ।’ प्रसाईंले भने, ‘तर, हाम्रो त्यो हतियारमा, केटाकेटी चिनीमा भुलेजस्तो, एमालेका साथीहरू केटीमा भुलेजस्तो गरेर राज्य मेरो हतियारमा भुलेको छ ।’
उनको अभिव्यक्तिलाई लिएर सरकारले उनलाई पक्राउ गर्ने हल्लापछि प्रसाई भारत पुगेका थिए । विमानस्थलमा सो विषयमा भने प्रसाईंले कुनै प्रतिक्रिया जनाएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया