१४ मङ्सिर २०८०, बिहीवार

चुनाव प्रचारप्रसार गर्न प्रेस चौतारी र सेन्टरको संयुक्त समिति, समितिमा को को ?

२०७४,कार्तिक,१२,आईतवार १६:१९

9
Shares

 काठमाडौँ, १२ कात्तिक – प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले चुनाव तालमेलसहितको वामपन्थीबीचको एकता प्रक्रियालाई स्वागत गर्दै आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफल बनाउन केन्द्रित हुने निर्णय गरेका छन् पत्रकारका दुई संगठनको आज यहाँ बसेको संयुक्त बैठकले प्रदेश र जिल्ला तहसम्म संयुक्त चुनाव प्रचारप्रसार समिति निर्माण गर्ने निर्णय गरेको छ संयुक्त बैठकले वाम गठबन्धनका उम्मेदवार विजयी बनाउन संयुक्त समिति निर्माण गर्ने निर्णय गरेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए बैठकले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा संयुक्त भेला गर्ने निर्णय गरेको प्रेस सेन्टरका महासचिव विष्णु सापकोटाले जानकारी दिए बैठकले निर्वाचन प्रचारप्रसार र एकीकरणको विषयमा आवश्यक गृहकार्य गर्न ११ सदस्यीय सचिवालय गठन गरेको छ सचिवालयमा चौतारीबाट अध्यक्ष गणेश बस्नेत, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, महासचिव राजेश राई, उपमहासचिव रामकुमार एलन, सचिव देविका घर्तीमगर र कोषाध्यक्ष इन्द्र आचार्य रहेका छन् यस्तै, प्रेस सेन्टरबाट अध्यक्ष महेश्वर दाहाल, उपाध्यक्ष ओम शर्मा, महासचिव विष्णु सापकोटा, सचिव मनोज घर्तीमगर र कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी छन् बैठकले प्रदेश र जिल्ला तहसम्म दुवै संगठनको संयुक्त संयन्त्र बनाई काम गर्न र उम्मेदवारको प्रचारप्रसारमा दुवै संगठनका सदस्य सम्मिलित टोली बनाई एकमना एकताका साथ काम गर्न मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार १६:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रतिनिधित्व गर्ने सबै सांसद र सात वटै प्रदेशका सभापतिहरुलाई केन्द्रीय सदस्यमा मनोनित

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८