बाबर आजम बने पाकिस्तानको कप्तान

लोकपथ
882
Shares

काठमाडौं । बाबर आजम फेरि पाकिस्तानी क्रिकेट टिमको कप्तान भएका छन् । एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको खराव प्रदर्शन पछि बाबरले कप्तानी त्यागेका थिए ।

बाबरको कप्तानीमा एक दिवसीय विश्वकपमा ४ खेलमा जित र ५ खेलमा पराजय भोगेको थियो । त्यसलगत्तै भारतबाट पाकिस्तान फर्किएपछि उनले तीन वटै फम्र्याटको कप्तानीबाट राजीनामा दिएका थिए ।

तर, पाकिस्तान क्रिकेट बोर्डले अहिले उनलाई टी–२० र एक दिवसीय क्रिकेटको कप्तान बनाउने निर्णय गरेको हो । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नक्वीसँगको भेटपछि बाबर अहिले ह्वाइटबल क्रिकेटको कप्तान बन्न राजी भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बाबरले पहिला राजीनामा दिएपछि शान मसुदलाई टेस्ट तथा शाहिन साह अफ्रिदीलाई टी २० को कप्तान बनाएको थियो । एक दिवसीय कप्तान भने पाकिस्तानले कसैलाई बनाएको थियो । अब बाबरले एक दिवसीय र टी २० कप्तानी गर्ने छन् । उनकै कप्तानीमा आसन्न टी २० विश्वकप क्रिकेट पाकिस्तानले खेल्ने छ ।

बाबरको कप्तानीमा सन् २०२२ मा पाकिस्तान आइसीसी वरियताको शीर्ष स्थानमा पुगेको थियो । त्यतिबेला एक दिवसीय र टी २० दुवै वरियतामा पहिलो स्थानमा रहेको थियो । तर, त्यसपछि लगातार खराब फर्मबाट गुज्रीएपछि कप्तान परिवर्तन गर्दा पनि अवस्थामा सुधार नभएपछि पाकिस्तान क्रिकेट बोर्ड फेरि बाबरलाई नै कप्तान बनाउने अवस्थामा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?