ठगेन्द्र कुमार जमरकट्टेलको ‘समर्पण’ सार्वजनिक

काठमाडौं । ठगेन्द्र कुमार जमरकट्टेलले 'समर्पण' नामक कविता सङ्ग्रह बजारमा ल्याएका छन् । 

विंस २०११ सालमा सोलुखुम्बु जिल्लाको नेचासल्यान ४ फुर्केमा जन्मिएका जमरकट्टेलले समर्पण नामक कविता सङ्ग्रह लिएर नेपाली साहित्य क्षेत्रमा आफ्नो उपस्थिति देखाएका छन् । 

विभिन्न पत्रपत्रिका तथा स्मारिकाहरुमा कविता, लेख रचनाहरु प्रकासित भए पनि सङ्ग्रह का रुपमा भने यो उनको पहिलो कृति हो । ७० वर्षिय जमरकट्टेलले जिवनको धेरै समय सामाजिक तथा धार्मिक क्षेत्रमा बिताएका थिए ।

उनी  विश्व हिन्दु महासंघ सोलुखुम्बु जिल्ला अध्यक्ष समेत हुन् । उनको उक्त कृति विश्व हिन्दु महासंघ राष्ट्रिय समितिको सातौं महाधिवेशनको अवसरमा पुर्व प्रधानन्याधिस सुशिला कार्कीले विमोचन गरेकी थिइन् ।

विमोचित कविता सङ्ग्रहमा जमरकट्टेलले विभिन्न समय र सन्दर्भमा खेलेका २८ वटा कविताहरु संग्रहित छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?