इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर र ब्रेन्टफोर्डले अंक बाँडे, एस्टन भिल्ला विजयी

लोकपथ
105
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डले एक एक अंक लिएका छन् । शनिबार राति भएको खेलमा दुवै टिमले इन्ज्योरी समयमा एक एक गोल गर्दै अंक बाँडेका हुन् ।

गोलरहित बराबरीतर्फ उन्मुख खेलमा म्यानचेस्टर युनाइटेडले इन्ज्योरी समयको छैटौं मिनेटमा अग्रता लिएको थियो । युनाइटेडमा मेसन माउन्टले गोल गर्दै अग्रता दिलाएका थिए । उनले कासमिरोको पासमा गोल गरेका थिए ।

१ गोलले पछि परेको ३ मिनेटपछि नै ब्रेन्टफोर्डले पनि बराबरी गर्न सफल भयो । क्रिष्टोफोर अजेरले इभान टोनीको पासमा गोल गर्दै अन्ततः खेल एक एकको बराबरीमा टुंग्याउन योगदान गरे । बराबरीपछि दुवै टिमले तालिकामा एक एक अंक थपेका छन् ।

म्यानचेस्टर युनाइटेड ४८ अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ भने ब्रेन्टफोर्ड २७ अंकका साथ तालिकाको १५ औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्को खलमा एस्टन भिल्ला विजयी भएको छ । एस्टनले उल्भ्सलाई २–० गोल अन्तरले पराजित गरेको हो । एस्टनको जितमा मौसा डीबेको ३६ औं र एजिर नोगोयोको ६५ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । जितपछि एस्टन ५९ अंकका साथ तालिकाको चौँथो स्थानमा उक्लिएको छ ।

त्यसैगरी टोटनह्याम हटस्परले लुटन टाउनलाई २–१ गोल अन्तरले पराजित गर्दा सेफिल्ड युनाइटेड र फुलह्यामले तीन तीन गोलको बराबरी खेलेका छन् । नटिङघम फरेस्ट र क्रिष्टल प्यालेसले एक एक गोलको बराबरी खेल्दा चेल्सी र बर्नलेले दुई दुई गोलको बराबरी खेल्दै अंक बाँडे । यसैगरी बर्नमाउथले एभर्टनलाई २–१ गोल अन्तरले पराजित गर्दा न्यक्यासल युनाइटेडले वेस्टह्याम युनाइटेडलाई ४–३ गोल अन्तरले स्तब्ध बनायो ।

प्रिमियर लिगमा २९ औं चरणको खेल जारी रहँदा आर्सनल ६४ अंकका साथ तालिकाको शीर्ष स्थनमा रहेको छ । समान ६४ अंक रहेको लिभरपुल दोस्रो स्थानमा रहँदा एक अंक कम भएको म्यानचेस्टर सिटी तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?