बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरू

लोकपथ
182
Shares

काठमाडौं । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले महालेखा परीक्षकसहित रिक्त संवैधानिक पदमा नियुक्ति गर्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । दाहाल प्रधानमन्त्री भएपछि पहिलो पटक परिषद्को बैठक बसेको हो ।

बैठकअघि प्रधानमन्त्री दाहालले शनिबार बेलुका विपक्षी दलका नेता शेरबहादुर देउवासँग समेत परामर्श गरेका थिए ।
प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ ।

संवैधानिक पदहरूमा नियुक्तिका लागि उपयुक्त व्यक्ति छनोट गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने परिषद्को कार्याधिकार रहेको छ । नेपालको संविधान २०७२ अनुसार १३ वटा संवैधानिक निकायहरू रहेका छन् । त्यसमध्ये महालेखा परीक्षकसहित निर्वाचन आयोग र प्राकृतिक श्रोत तथा वित्त आयोगमा एक–एक सदस्यहरू रिक्त रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?