विकासका मुद्दामा दलीय एकता आवश्यक : राष्ट्रपति

लोकपथ
21
Shares

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले दलहरुले जतासुकै गठबन्धन गरे पनि विकासका साझा मुद्दामा सबै एक ठाउँमा हुनुपर्ने बताएका छन् ।

तनहुँको देवघाटमा निर्माण हुने ज्येष्ठ नागरिक भवनको शनिबार शिलान्यास गर्दै उनले लोकतन्त्रवादी तथा समाजवादीले भविष्यलाई स्वर्ग बनाउने बताए ।

उनले भने, ‘अहिले निराशा छ भनेर प्रतिगामीले हल्ला फैलाएका हुन्, प्रतिगामीहरुको स्वर्ग अतितमा हुन्छ । तर, हामी लोकतन्त्रवादी र समाजवादीहरुको स्वर्ग भविष्यमा छ, हामी भविष्यलाई स्वर्ग बनाउँछौं ।’

विदेश पलायन भएर यहाँ केही नभएको भन्दै कुरा काट्नु पनि अनुचित भएको उनले बताए । गठबन्धन जो जता भए पनि विकासमा राजनीतिक दलका नेताहरु एक हुनुपर्ने उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले पवित्र तपोभूमि कालीगण्डकी र त्रिशूलीको  संगम देवघाटमा ज्येष्ठ नागरिक भवन बनेपछि त्यो भवन पूर्वीय दर्शन र वेदान्त चिन्तनको छलफल गर्ने स्थल बन्ने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?