रास्वपाले सार्वजनिक गर्‍यो इलाम-२ मा उम्मेदवार

लोकपथ
63
Shares

इलाम । प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी सार्वजनिक गरेको छ ।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी सार्वजनिक गरेको हो ।

पार्टीका सभापति रवि लामिछाने सहितका पार्टीका नेताहरू इलाम पुगेर इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रम गरी पत्रकारसमेत रहेका मिलन लिम्बुको उम्मेदवारी घोषणा गरेका हुन । उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले लिम्बुलाई चुवान चिन्ह घण्टी हस्तान्तरण गर्दै घण्टी बजाएर उम्मेदवार घोषणा गरेका हुन्।

उपनिर्वाचनका लागि हालसम्म नेकपा एमालेले उम्मेदवारको नाम अघि सारेको छ । भदौ २६ मा एमालेका उपाध्यक्ष सुवासचन्द्रको निधन भएपछि रिक्त पदमा नेम्बाङकै कान्छा छोरा सुहाङ नेम्बाङलाई बाबुको स्थानमा एमालेले उम्मेदवार रोजेको हो ।

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?