राना थारुको मुद्दालाई नीति कार्यक्रम र बजेटमा सम्बोधन गरिने

लोकपथ
312
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रानाथारुको पहिचानलाई नीति कार्यक्रममा सम्बोधन गर्न मन्त्रिपरिषद्को बैठक र बजेटमा समावेश गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार नेपाल रानाथारु युवा समाजद्वारा आयोजित खख्डेहरा तथा होली मिलन कार्यक्रममा उनले समुदायको पहिचान झल्काउने विषयहरु लिखित रुपमा मन्त्रालयमा पठाउन आग्रह गर्दै यसबारे सरकारमा कुरा उठाउने बताए ।

उनले भने, ‘समुदायको पहिचानमा एउटा व्यवसायिक रुपमा पहिचान झल्काउने गरि के गर्न सकिन्छ । म यो संस्थाको अध्यक्षसँग लिखित रुपमा मन्त्रालयमा पठाउन माग गर्छु । र आगामी वर्षको बजेटमा नेपालको विभिन्न जाती समुदाय, वर्गहरुको पहिचानलाई अझ सुदृढ गर्ने सन्दर्भमा खासगरी रानाथारुको पहिचानलाई पनि नीति कार्यक्रममा सम्बोधन गर्नेगरि सरकारमा, मन्त्रिपरिषद्को बैठक र बजेट निर्माणको सन्दर्भमा पनि माग र मुद्दालाई उठाउन मेरो भूमिका हुनेछ ।’

पहिचानलाई विकास गरेर रोजगार, राजनीति र समाजमा समुदायको पहिचानलाई वृद्धि गर्न भूमिका खेल्न उनले आग्रह गरे । उनले मुलुक माथिका प्रहारहरुलाई रोकेर समृद्ध नेपालको अभियानमा अहिलेको सहकार्य अगाडि बढेको भन्दै यसलाई निरन्तर रुपमा अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली र कंचनपुरमा वसोवास गर्ने लोपोन्मुख जातिको रुपमा रहेको रानाथारु समुदायले मनाउने प्रमुख खख्डेहरा तथा होली हो ।  यस पर्वलाई रानाथारु समुदायले ३८ दिनसम्म मनाउने गर्दछन् र अन्तिम दिनलाई खख्डेहरा अर्थात होली विदाई गर्ने दिन भनेर मनाउछ् । कला संस्कृतिको धनी रानाथारु समुदायलाई २०७६ माघ २० गते आदिवासी जनजाति सूचीमा सुचिकृत भएपछि आफ्नो पहिचानका रुपमा आफ्नो भेष–भुषा, कला–संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले खख्डेहरा तथा होली मिलन कार्यक्रम आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?