टी–२० श्रृङ्खला जारी, नेपालले पहिला फिल्डिङ गर्दै

लोकपथ
364
Shares

काठमाडौं । कीर्तिपुरमा जारी टी–२० श्रृङ्खलाको दोस्रो अभ्यास खेलमा नेपालले आयरल्यान्ड ए विरुद्ध टस जितेर पहिला फिल्डिङ गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएसँगै आयरल्याण्डले व्याटिङ गरेको हो ।

आजको खेलमा दुई परिवर्तन गरेको नेपालले तीव्र गतिका बलर हेमन्त धामी र विकेटकिपर अर्जुन घर्ती आजको खेलमा बेन्चमा रखेर विपिन खत्री र पवन सरार्फलाई प्लेइङ ११ मा समेटेको छ ।

हिजो भएको पहिलो खेलमा आयरल्याण्डसँग नेपाल २१ रनले पराजित भएको थियो । तीन खेलको सिरिजमा नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ ।

पहिलो खेलमा २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २०१ रनमा अल आउट भएको थियो ।

दुई ओभरको खेल सकिँदा आयरल्याण्ड विना विकेटको क्षतिमा १६ रन बनाएर खेलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?