जिम्दा सपनाहरु

लोकपथ
1.3k
Shares

इ. राममणी न्यौपाने

बडो रोचक युद्ध चलिरहेछ
मेरा सपना र म बीच पनि ।

ज्यूँदा सपनालाई जति गर्दा पनि मार्न नसकिने रैछ !
निन्द्राले पुर्न खोज्यो
झन् मजबुद हुँदै जाँदो रैछ ।
परक्क मुन्टो निमोठ्दा पनि
झन् झाँगिदै जाने रैछ ।
मैले दबाए, मिचे,
धुलिमाटि हुनेगरी कुल्चे
अँह, सकिन मैले, हार खाएं
यी मेरा सपना, फेरि जर्याकजुरुक उठिहाल्छन्

मलाई मै हुनुपर्छ भन्छन्
मलाई म बाट भाग्न्न्न दिएनन्
मलाई बेहोसीमा रम्न दिएनन्

मेरा भुत हुन् यी सपना
चिहान पुर्याए पनि
फर्कि फर्कि आईरहन्छन्
मलाई जीवित तुल्याईरहन्छन् ।

म चुपचाप बसेपनि
घचघचाई रहन्छन्
भो, अब त थेग्नै सक्दिन
आवेगका मुस्लाहरु अनि
सपनाका जुलुसहरु ।

भो, अब त उठीदिन्छु, तिनकै लागि भएपनि
सबै एक्सक्युजेज लाई धुलो चटाईदिनेछु
अब फेरि बदल्नु छ व्यवस्था
हारलाई परास्थ गर्नु छ
जितको उत्सब मनाउनु छ
यो समयलाई मेरै हिसाबमा बदल्नु छ ।

अब केहि गर्नै पर्ने छ
यी अजेय सपनाहरु को लागि भएपनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?