रास्वपाले आज उम्मेदवार घोषणा गर्ने

लोकपथ
104
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि आज उम्मेदवार घोषणा गर्दैछ । रास्वपाबाट मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै भैसकेको छ ।

पूर्व घोषणाअनुसार शनिबार दिउँसो १ बजे इलाम नगरपालिका–७ लाँकुरी चौतारा बजारमा रास्वपाले लिम्बुलाई उपनिर्वाचनको उम्मेदवार घोषणा गर्न लागेको हो।

सो कार्यक्रममा सभापति रवि लामिछाने र उपसभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटीलगायतले सम्बोधन गर्ने तय छ । उनीहरु शुक्रबार नै इलाम पुगिसकेका छन्।

उपनिर्वाचनका लागि हालसम्म नेकपा एमालेले उम्मेदवारको नाम अघि सारेको छ । भदौ २६ मा एमालेका उपाध्यक्ष सुवासचन्द्रको निधन भएपछि रिक्त पदमा नेम्बाङकै कान्छा छोरा सुहाङ नेम्बाङलाई बाबुको स्थानमा एमालेले उम्मेदवार रोजेको हो ।

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?