कपिलवस्तु पुगेर गगन थापाले भने– ‘कांग्रेस केही समयपछि सरकारमा जान्छ’

लोकपथ
689
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस केही समयमै सरकारमा जाने दाबी गरेका छन् ।


पार्टीले सञ्चालन गरेको समुदायमा कांग्रेस अभियान अन्तर्गत कपिलवस्तुको लबानमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।

‘अहिले त सरकारमा छैनौँ । भर्खर त गएको हो । एक डेढ हप्ता भयो । फेरि आइहाल्छ यो धेरै पनि छैन । केही समयपछि फेरि आउँछ यो । सरकारले त कांग्रेसले पच्छाइहाल्छ ।’ महामन्त्री थापाले भने ।

अहिले युवाहरुमा देखिएको निराशा फर्काउने काम कांग्रेसले बाहेक अन्य दलले गर्न नसक्ने दाबी समेत गरेका छन् । देशमा भएको निराशा चिर्नका लागि पहिला कांग्रेसमा भएको निराशा चिर्न जरुरी रहेको बताए ।

आफूले निरन्तर पार्टीमा निर्वाचन अघि गठबन्धन गर्न हुन नसक्ने कुरा राख्दै आइरहेको भए पनि त्यसो हुन नसुकेको बताए । साथै महासमिति बैठकमा सो प्रस्ताव राखेको र अबको केन्द्रीय समितिले त्यसलाई अनुमोदन गर्नेमा आफूू ढुक्क रहेको बताए ।

अहिले कांग्रेसमा क्रियाशील सदस्यता लिने प्रक्रिया अप्ठेरो रहेको बताउँदै आगामी दिनमा त्यसलाई खुकुलो बनाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?