रोमान्टिक भावमा ‘लण्डन टु पेरिस’ पोस्टर

लोकपथ
0
Shares


काठमाडौं । २०८१ जेठ २५ गते रिलिज हुने फिल्म ‘लण्डन टु पेरिस’को रोमान्टिक भावको पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकार निश्चल खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह तथा गरिमा शर्मा र कविर खड्का एकअर्काको अंगालोमा बाँधिएका छन् ।

घनश्याम लामिछाने निर्देशित ट्राभल लभस्टोरी जनरामा आधारित फिल्ममा रुष्मा थापा, मनिष श्रेष्ठ र मनिष गान्धीको पनि अभिनय देख्न सकिन्छ । यो फिल्मबाट निश्चल र गरिमाले नेपाली रजतपटमा ‘डेब्यू’ गर्दैछन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् ।

सनिश खकुरेल सह–निर्माता रहेको फिल्ममा अंकित गौतम कार्यकारी निर्माता छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछ ।

फिल्मस्मा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?