लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालक श्रेष्ठद्वारा शपथ ग्रहण

लोकपथ
0
Shares

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त जयदेव श्रेष्ठले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

बैंकको सञ्चालक समितिको गत फागुन २० गते बसेको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको थियो ।

बैंकका अध्यक्ष चिन्तामणी भट्टराईले श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

स्वतन्त्र सञ्चालक श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट कानुन संकायमा स्नातक, एम.पि.ए. र एम.बि.ए. उपाधि हासिल गरेका छन् । उनले सरकारी निकायहरुको अधिकृत देखि सह–सचिव सम्मको उच्च पदमा रहि ३७ वर्ष भन्दा बढि सेवा गरिसकेका छन् ।

साथै, उनले ऋण असुली न्यायाधिकरणमा लेखा सदस्यको जिम्मेवारी समेत सफलता पूर्वक निर्वाह गरेका थिए । उनको कार्यकालमा उनको अनुभवबाट बैंकले थप उन्नती, प्रगति गर्नेछ भन्ने विश्वास लिएको बैंकले जनाएको छ । साथै, उनले शपथ ग्रहण पश्चात बैंकका सञ्चालकहरु तथा व्यवस्थापन बाट स्वागत गरिएको थियो ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?