चुनाव प्रचारका लागि गृहमन्त्रीसहित रास्वपाको टोली इलामतर्फ

लोकपथ
572
Shares

काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको टोली त्यसतर्फ लागेका छन् ।

उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापतिसहित खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसहितको टोली त्यसतर्फ लागेका हुन् ।
उपनिर्वाचनका लागि रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । ६ जना व्यक्तिहरु उम्मेदवार बन्ने आकांक्षा देखाएपछि प्री– इलेक्सनमार्फत् रास्वपाले लिम्बुलाई उम्मेदवार बनाएको हो ।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?