राजीनामा नदिइ रास्वपाको उम्मेदवार बनेपछि मिलन लिम्बुलाई प्रेस सेन्टरले संगठनबाट निकाल्यो

लोकपथ
1.4k
Shares

काठमाडौं । आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) ले मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ ।

माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव समेत रहेका लिम्बु केही समयदेखि स्वतन्त्र रुपमा उपनिर्वाचनको तयारीमा लागेका थिए । रास्वपासँगको परामर्शपछि पार्टीबाट उम्मेदवार बनेपछि प्रेस सेन्टर नेपालले लिम्बुलाई संगठनबाट निकालिएको छ ।

प्रेस सेन्टरले विज्ञप्ति जारी गर्दै संगठनको नेतृत्वको सुझाव र निर्देशनब समेत बेवास्ता गरी चरम अवसरवादी प्रवृक्ति देखाएको भन्दै आजैबाट जिम्मेवारीबाट हटाइएको जानकारी दिएको हो ।

‘केही समयदेखि सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक अभिव्यक्ति दिने र अनुशासनविपरित गतिविधि गरिरहेको, पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बनेको देखिएको र संगठनको नेतृत्वको सुुझाव र निर्देशन समेत बेवास्ता गरी चरम अवसरवादी प्रवृतिको प्रदर्शन गर्दै त्यस्ता हर्कत र गतिविधि जारी राखेकाले संगठनको अनुशासन समितिको सिफारिसमा आजैका मितिदेखि सबै जिम्मेवारीबाट हटाइएको जानकारी गराइन्छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

लिम्बु केही समयदेखि इलाम क्षेत्र नं २ मा स्वतन्त्र रुपमा उम्मेदवारी दिने तयारीका साथ भेटघाटलाई तिव्रता दिइरहेका थिए ।

आगामी निर्वाचनका लागि नेकपा एमाले, राप्रपा र रास्वपाले समेत सो क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । तर नेपाली कांग्रेससहित अन्य दलले भने उम्मेदवारको टुंगो लगाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?