सभामुख देवराज घिमिरेसहितको टोली स्वदेश फिर्ता

लोकपथ
39
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहितको टोली स्वदेश फर्किएको छ ।

केहीबेरअघि सभामुखसहितको टोली नेपाल आइपुगेको हो ।

स्वीजरल्याण्डमा आयोजित अन्तर–व्यवस्थापिका संघको १४८औँ महासभामा भाग लिन गत चैत ८ गते सभामुखसहितको टोली त्यसतर्फ प्रस्थान गरेका थिए ।


अन्तर व्यवस्थापिका सङ्घको १४८औँ महासभा जेनेभा, स्विट्जरल्याण्डमा २३ मार्च देखी २७ मार्चसम्म भएको थियो ।


उक्त महासभामा भाग लिएर आज स्वदेश फर्किएका सभामुख घिमिरेले विमानस्थलमा पत्रकार सम्मेलन गरी त्यहाँ नेपालको उपस्थिती बहिलो रहेको बताएका छन् ।


सभामुख घिमिरेसँग नेपाली कांग्रेसका प्रमुख सचेकत रमेश लेखक, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?