दुर्गा प्रसाईंको नाममा दर्ता भएको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति

लोकपथ
52
Shares

काठमाडौं । गृह मन्त्रालयले दुर्गा प्रसाईंको नाममा दर्ता भएको हातहतियार अन्य व्यक्तिले प्रयोग गरेको विषयमा छानबिन गर्नका लागि समिति गठन गरेको छ ।

गृहले गृहका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
उक्त छानबिन समितिमा गृह मन्त्रालयका उपसचिव ऋषी पौडेल र नेपाल प्रहरीका एसपी सन्तोष भट्टराई रहेका छन् ।

गत चैत ५ गते प्रसाईंको नाममा दर्ता भएको हतियार बोकेर उनका दुई अंग रक्षक सर्वोच्चमा प्रवेश गर्न लागेका थिए । सो क्रममा उनका अंगरक्षक बताउने दीपक खड्का र रामकुमार धिमाललाई प्रहरीले पक्राउ गरेको थियो ।
सो विषयमा राज्य व्यवस्था तथा सुशासन समितिमा कुरा उठेको थियो । सो क्रममा गृहमन्त्री रवि लामिछानेले त्यसको विषयमा छानबिन हुने बताएका थिए ।


त्यसलगत्तै गृहले छानबिनका लागि समिति बनाएको हो ।

२०७५ साल असार २१ गते जिल्ला प्रशासन कार्यालय झापामा मेडिकल व्यवसायी प्रसाईंले पेस्तोल बोक्न पाउने गरी इजाजत लिएका थिए । तर उनको नाममा दर्ता भएको पेस्तोल अन्य व्यक्तिहरुले प्रयोग गरेर संवेदनशील क्षेत्रमा प्रवेश गर्न लागेपछि प्रहरीले पक्राउ गरी छानबिन प्रक्रिया अघि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?