लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला

ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेको छ ।

लगनखेलमा प्रहरी चौकीको अन्दाजी  ५० मिटर अगाडि र पुलिस बिटको छेउमा बम भेटिएको प्रहरीले जनाएको छ । 

 बसपार्कमा फोहोरको थुप्रो नजिकै प्रेसरकुकर बम राखिएको कारण गाडी चढ्न वसपार्क पुगेका सर्वसाधारण सशंकित भएका छन् ।

बम राखिएका कारण अहिले लगनखेल बसपार्क खालि गराइँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?