प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको लगातार दोस्रो जीत, प्रदेश १ भारी रनले पराजित

काठमाडौं । जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जीत निकालेको छ । 

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज ‘आइतवार’ भएको खेलमा आर्मी क्लबले प्रदेश १ लाई १ सय १३ रनलेका भारी अन्तरले पराजित गरेको हो । 

२ सय ५ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको प्रदेश १ ले पारी २६ दशमलब ५ ओभरमा मात्र ९१ रनमा समेटिएको थियो । प्रदेश १ का लागि राजन मगरले २६ रन, मुकुन्द यादवले १८ रन तथा रबी रोयले १० रन जोडे । आर्मीका लागि सुशन भारीले सर्वाधिक ३तथा करण केसीले २ विकेट हात पारे । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५ दशमलब ३ ओभरमा अलआउट हुँदै २ सय ४ रनको योगफल तयार पारेको थियो । आर्मीका लागि राजेश पुलामीले ५६ रनको अर्धशतकीय पारी खेले । यता हरि बहादुर चौहानले ४१ रन, कप्तान बिनोद भण्डारीले ३० रन, करण केसीले २६ रन तथा कुशल मल्लले १६ रन बनाए ।

प्रदेश १ का दिपेश कँडेलले ३ तथा सिदान्त लोहनी, फिर्दोस अन्सारी र मुकुन्द यादवले समान २-२ विकेट लिए । यो जितपछि आर्मी क्लबले २ खेलबाट ४ अंक बनाएको छ । यसअघि भएको पहिलो खेलमा आर्मी क्लबले प्रदेश २ लाई १ सय ७१ रनले पराजित गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?