अभिनेता गोविन्दा शिवसेनामा प्रवेश, मुम्बई उत्तर पश्चिम लोकसभा सीटबाट चुनाव लड्ने अनुमान

लोकपथ
56
Shares

काठमाडौं । बलीउडका चर्चित अभिनेता गोविन्दा बिहीबार शिवसेनामा प्रवेश गरेका छन् । उनले महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको उपस्थितिमा पार्टीको सदस्यता लिएका हुन् । योसँगै शिन्देको पार्टीले उनलाई मुम्बई उत्तर पश्चिम लोकसभा सीटबाट टिकट दिन सक्ने अनुमान गरिएको छ।

यसअघि बुधबार गोविन्दाले शिन्दे शिविरका नेता र शिव सेनाका पूर्व विधायक कृष्ण हेगडेलाई भेटेका थिए । गोविन्दा यसअघि सन् २००४ मा कांग्रेसको टिकटमा मुम्बई उत्तर लोकसभा सिटबाट चुनाव जितेका थिए । त्यसपछि उनले भाजपाका राम नाइकलाई ४८,२७१ मतले पराजित गरे।

पार्टी प्रवेश गरेपछि गोविन्दाले भने, ‘मैले फेरि राजनीतिमा नआउने सोचेको थिएँ तर अहिले म शिव सेनामा प्रवेश गर्दैछु र यो मेरो लागि भगवानको आशीर्वाद हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?