बागमती : हानेपाबाट बज्राचार्य बने मन्त्री, आजै शपथ

लोकपथ
559
Shares

काठमाडौं । नयाँ सत्ता समीकरण अनुसार बागमती प्रदेशमा हाम्रो नेपाली पार्टी (हानेपा) सरकारमा सामेल भएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कटेलले हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्रीमा नियुक्त गरेका छन् ।

उनलाई संस्कृती पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनको आजै शपथग्रहण हुने बताइएको छ ।

११० सदस्यीय प्रदेश सभामा हानेपाका २ सांसद रहेका छन् ।

बागमतीमा नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका २ र हाम्रो नेपाली पार्टीका सांसदको मुख्यमन्त्रीलाई समर्थन रहेको छ ।


त्यस्तै नेपाली कांग्रेसको ३७, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेपाल मजदुर किसान पार्टीका ३ सांसद सत्ता बाहिर रहेका छन् ।
बहुमतका लागि बागमतीमा ५६ प्रदेश सभा सदस्यको साथ आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?