सगरमाथा आरोही बस्नेतले रचे नयाँ कीर्तिमान

काठमाडौं । एक हप्तामा काठमाडौंदेखि सगरमाथाको शिखरमा पुगेर फर्कन सफल भएका लीला बहादुर बस्नेतले नयाँ कीर्तिमान कायम गरेका छन् । 

छोटो समयमा एक्लैले सगरमाथाको चुचुरोेमा पुगेर नयाँ कीर्तिमान कायम गर्न सफल भएको दाबी आरोही बस्नेतले गरेका छन् तर नेपाल पर्यटन बोर्डले भने अझै सम्म प्रमाणित गरेको छैन । 

आठौँ दिनमा काठमाडौं आइपुगेका बस्नेतलाई अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलको अन्तरिक टर्मिनल गेटमा स्वागत गर्न शेर्पा समुदाय र अन्य संघ संस्थाका प्रतिनिधिहरू पुगेका थिए ।  

आरोही बस्नेतले वर्तमान परिस्थितिमा जातीय, रंग र धर्मको कारणले  गर्दा  विश्वभरि अशान्ति र लडाइ भइरहेको तथा शान्तिको सन्देश दिन र  मानवताको विकास गराऔँ भन्ने मुल उदेश्य लिएर सगरमाथा चढ्न गएको  बताए । 

सगरमाथाको सफल आरोहण गरेको उपलक्ष्यमा उनलाई सिनामंगल गौशाला, नक्साल, दरबारमार्ग, ठमेल हुँदै लाजिम्पाटको माई ताई रेष्टुरेण्टसम्म सम्मान -याली समेत गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?