एमडीएमएस खरिदमा भ्रष्ट्राचार, २० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

लोकपथ
195
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, निर्देशक र वरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक र निर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक र उपनिर्देशक विनोद चन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक र उपनिर्देशक रेवती राम पन्थ, सहायक निर्देशक र उपनिर्देशक संदिप अधिकारी, सहायक निर्देशक र उपनिर्देशक सूर्य प्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजय कुमार राय यादव, सहायक निर्देशक प्रतिक्षा पौडेल, सहायक निर्देशक निराजन कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो ।


एमडीएमएस खरिदका क्रममा माथि उल्लेखित व्यक्तिहरुको तर्फबाट ९१ करोड, ९८ लाख, ३० हजार, ८ सय ८२ रुपैयाँ ३२ पैसा आफूू र परामर्शदाता न्यूमेरिया जेभीलाई गैरकानुनी लाभ र नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल सरकारलाई हानी नोक्सानी गरेको आरोप रहेको छ ।

त्यस्तै उनीहरुबाट २३ करोड, २० लाख ५९ हजार, ३ सय १४ रुपैयाँ माग दाबीसहित कैदको माग गरिएको हो ।

त्यस्तै नेपाल दूरसंचार प्राधिकरण अन्तर्गत खरिद एकाईका तत्कालीन पदाधिकारीहरू अच्युता नन्द मिश्र, सूर्य प्रसाद लामिछाने, संदिप अधिकारी, विजय कुमार राय यादवविरुद्ध समेत मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?