‘अभिनयका लागि टिकट नपाएकी उर्मिलाले टिकट पाउन सक्छिन भने, मैले किन नपाउने ?’

लोकपथ
143
Shares

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत पछिल्लो समय लगातार चर्चामा छिन् । बीजेपीले हिमाचल प्रदेशको मंडी लोकसभा सीटबाट कंगनालाई चुनावमा उम्मेदवार बनाएको खबरले कंगनाका फ्यानहरु निकै खुसी छन् भने कतिपयले उनलाई ट्रोल पनि गरिरहेका छन् ।

अहिले कंगनाको एक पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनी उर्मिला मातोन्डकरमाथि अभद्र टिप्पणी गरिरहेको देखिएकी छिन् । अहिले कंगनाले यस विषयमा खुलेर कुरा गरेकी छिन् । कंगनालाई उर्मिलाको बारेमा अश्लील टिप्पणी गरेकोमा कुनै पछुतो नभएको बताएकी छिन्।

कंगना रनौतले बचाउमा सनी लियोनीको नाम प्रयोग गर्दै भनिन्, ‘यी गलत शब्दहरू होइनन्। समाजमा स्वीकार नभएको मात्रै हो । यी स्टारहरूलाई हाम्रो देशमा जति सम्मान मिल्छ, विश्वमा कतै मिल्दैन्। सन्नी लियोनीको उदाहरण दिँदै उनले भनिन्, ‘सनी लियोनीलाई सोध्नुहोस्, उनले यति सम्मान संसारमा कहीँ पनि पाउन सक्दिनन् । कंगनाले आफ्नो बयानको बारेमा स्पष्टीकरण दिँदै उर्मिला मातोन्डकरको बारेमा यस्तो कुनै बयान दिने आफ्नो मन नरहेको बताइन्।

सोसल मिडियामा भाइरल भइरहेको भिडियोमा कंगना भन्छिन्, ‘मैले उर्मिला मातोण्डकरको त्यो अन्तर्वार्ता हेरेँ । उनले मेरो संघर्षको मजाक बनाइरहेकी थिइन। मलाई निकै दुःख लाग्यो।’ कंगनाले आफ्नो कुरा जारी राख्दै भनिन्, ‘कम्तीमा उर्मिला मातोन्डकरलाई उनको अभिनयका लागि टिकट दिइएको छैन। उनले कस्ता फिल्म गरेकी छन्, सबैलाई थाहा छ । उनी जस्तो स्टारले टिकट पाउन सक्छ भने मैले किन नपाउने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?