काठमाडौं । साँखुको शालीनदीमा अवस्थित माधवनारायणको यो मन्दिर राजा शंखदेव तथा पुजारी जोगदेवको प्रयासमा विसं १८०१ मा निर्माण भएको मानिन्छ।
यस स्थलमा मल्लकालमा पनि केही मठमन्दिर निर्माण गरिएको इतिहास छ। माघ महिनाभर शालीनदीमा स्नान गरेर व्रत बस्ने छुट्टै नियम छ । त्यो समय पूरै साँखुबजार भरिभराउ हुन्छ ।शंखरापुर नगरपालिकाले शालीनदी र साँखु बजारलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भनेको छ ।
शालीनदीमा अवस्थित माधवनारायण मन्दिरमा विसं २०७२ मा गएको भूकम्पका कारण केही जिर्ण बनेको थियो ।

श्री स्वस्थानी कथामा शालीनदीको विशेष प्रसंग उल्लेख छ।
काठमाडौंबाट १७ किलोमिटर टाढा पर्ने शालीनदी क्षेत्रलाई स्वस्थानी व्रतकथामा लावण्य देश भनेर चित्रण गरिएको छ लावण्य देशकी महारानी चन्द्रावती नदीबाट पुल तर्ने क्रममा हावाहुरीले पुल भाँचिएर लडेको प्रसंग उल्लेख छ। यहाँ परम्परागत शैलीमा स्वस्थानीमाताको मन्दिर पनि निर्माण गरिएको छ।
मेला बाहेक पनि  पर्यटकहरु मन्दिरको दर्शन तथा अवलोकनका लागि पुग्ने गरेका छन् ।
 

 









तस्वीरः विप्लब जमकटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
 









                    
                    
                    
                    
                    
                    
                    
                    
प्रतिक्रिया