गगनको कटाक्ष : ‘बार्गेनिङ गरेर खान पल्किएका साना दलको दोकान बन्द गर्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साना दलहरुका कारण अस्थीरता निम्तिएको भन्दै कटाक्ष गरेका छन् ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत रुपन्देहीमा पुगेका महामन्त्री थापाले साना दलहरुले बार्गेनिङ गरेर एक अर्कासँग मिलेर थप अस्थिरता निम्त्याएको भन्दै त्यो बन्द गर्नुपर्ने भन्दै कटाक्ष गरे ।

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा एक्लाएक्लै चुनाव लडेर आफ्नो शक्ति प्रदर्शन गर्नुपर्नेमा जोड दिए ।

‘इलाममा चुनाव हुँदैछ बझाङमा चुनाव हुँदैछ । परीक्षा त्यँही भैहाल्छ । को जित्छ को हार्छ, जो बल्लियो छ त्यसले जित्छ भैहाल्यो त ।’ उनले भने, ‘कांग्रेसतिर आएर एमालेलाई देखाएर हामीलाई तर्साउने । अलिकति हल्ला गर्दियो भने एमालेसँग मिल्दिन्छु भनेर तर्साउने । उता एमालेतिर गएर हामीलाई देखाएर एमाले तर्साउने । मिल्दिन्छु मिल्दिन्छु भन्दिने । तर्साइ तर्साइ खान पल्केको नेपालका यी साना दलहरुहरुको यो पसलहरु र दोकानहरु बन्द गर्नुपर्छ । यसले हाम्रो लय बिगारेको छ ।’

त्यस्तै समृद्धिका लागि कांग्रेसले आफ्नो नीति परिवर्तन गरेर अघि बढ्नुपर्नेमा समेत जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?