राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् ।

आज राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएकी हुन् ।


अर्याल २०७९ साल माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

उनले नेपालको संविधानको धारा ९२ को उपधारा (६) को खण्ड (ख) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८५ को उपनियम (१) बमोजिम राजीनामा बुझाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?