भारत–चीन सीमा विवादबारे बेइजिङमा बैठक, कूटनीतिक–सैन्य माध्यमबाट शान्ति स्थापना गर्ने सहमति

लोकपथ
221
Shares

काठमाडौं । भारत–चीन सीमा विवादका बीच दुवै देशले बेइजिङमा भेटवार्ता गरेका छन् । बुधबार चीनको राजधानी बेइजिङमा भारत–चीन सीमा विवादबारे बैठक आयोजना गरेको भारतीय परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारत–चीन सीमा विवादबारे बेइजिङमा भएको बैठकको अध्यक्षता परराष्ट्र मन्त्रालयका सहसचिवले गरेका थिए ।

त्यस्तै उक्त बैठकमा चीनको तर्फबाट चिनियाँ विदेशमन्त्री सहभागी भएका थिए। भेटमा दुई देशका प्रतिनिधिबीच भारत–चीन सीमाको पश्चिमी क्षेत्रमा वास्तविक नियन्त्रण रेखा (एलएसी) को विषयमा जारी विवादबारे छलफल भएको थियो ।

भेटपछि दुवै पक्षले कूटनीतिक र सैन्य माध्यमबाट सीमा क्षेत्रमा शान्ति कायम गर्न सहमत भएका छन् । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले कूटनीतिक र सैन्य माध्यमबाट नियमित सम्पर्क कायम राख्न र सीमा क्षेत्रमा शान्ति कायम गर्न सहमति जनाएका छन् । यसअघि गत नोभेम्बरमा दुवै पक्षबीच भेटवार्ता भएको थियो ।

मन्त्रालयले हालै चीनलाई अरुणाचल प्रदेशको हिस्सा घोषणा गरेको थियो।

तर, भारतले यो दाबी अस्वीकार गरेको छ । यसअघि पनि चीनले अरुणाचल प्रदेशमा धेरै पटक दाबी गरिसकेको छ, तर विदेश मन्त्रालयले चीनको यी आधारहीन दाबीहरूलाई अस्वीकार गर्दै उत्तरपूर्वी राज्य भएकोले अरुणाचल भारतको अभिन्न अंग भएको बताएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अरुणाचलका जनताले भारतको विकास कार्यक्रम र परियोजनाबाट लाभान्वित हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?